काठमाडौं, २० फागुन । नेपालले छिमेकी भारत र चीनका चारचार सामुद्रिक बन्दरगाहमा पहुँच स्थापित गर्न प्रक्रिया अघि बढाएको छ ।
चीनका चार बन्दरगाह प्रयोग गर्न सरकारले गृहकार्य अघि बढाएको छ । चीनका एक सय ३५ भन्दा बढी बन्दरगाहमध्ये नेपाललाई जुनसुकै बन्दरगाह प्रयोग गर्नसक्ने आश्वासन दिएपछि नेपाली भूमिबाट नजिक पर्ने चार बन्दरगाह उपयोगमा ल्याउने तयारी भएको हो ।
चीनतर्फका सबै बन्दरगाह नेपाली भूमिबाट तीन हजार पाँच सय किलोमिटर टाढा छन् ।
नेपालले भारतसँग दुई (हल्दिया र विशाखापट्टम्) बन्दरगाह प्रयोग गर्दै आएको छ । अब भारतका थप दुई उडिसाको ढर्मा र गुजरात मुन्द्राको अदामी बन्दरगाह प्रयोग गर्ने प्रक्रियामा सरकार जुटेको छ ।
सरकारले चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ बन्दरगाह प्रयोगमा ल्याउन लागेको हो ।
तपाईको प्रतिक्रिया