नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैैठक बस्ने

समाचार

12/7/2018

काठमाडौं, २१ मंसिर । नेपाली सेनाका लागि हतियार तथा गोलीगठ्ठाको खरिदलगायत द्विपक्षीय रक्षा मामिलामा छलफल गर्न नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैैठक २७ र २८ मंसिरमा काठमाडौंमा बस्दैछ ।

नेपाली सेनाले भारतलाई तिर्न बाँकी २ अर्ब ४७ करोड रुपैयाँ, हतियार खरिदसम्बन्धी पुरानो मोडालिटी परिवर्तनलगायतका बिषय वैठकका एजेन्डामा छन् ।

बैठकमा नेपाल र भारतका परराष्ट्र र रक्षामन्त्रालयका अधिकारी र दुवै सेनाका अधिकारी सहभागी हुनेछन् ।

वैठकमा नेपाल पक्षको नेतृत्व परराष्ट्रमन्त्रालयको दक्षिण एशिया महाशाखाप्रमुख भृगु ढुंगाना र भारतीय पक्षको नेतृत्व परराष्ट्रमन्त्रालयको उत्तरी महाशाखाप्रमुख सुधाकर दलेलाले गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ