पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

समाचार

3/6/2019

काठमाडौं, २१ फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।

नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ ।

नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासेले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ