जनकपुरधाम, १६ पुस । प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापति बिच सोमबार भेटवार्ता भएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पुर्णचन्द्र थापाबीच सोमबार बिहान भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए ।
सो भेटमा प्रदेश नं. २ मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका विषयमा कुराकानी भएको छ । साथै सो भेटका क्रममा प्रधानसेनापति थापाले प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक बिद्यालय तथा सैनिक अस्पताल सँचालन हुने जानकारी दिएका छन् ।
हाल बढ्दो समस्याका रुपमा रहेको युवा पलायनलाई रोक्न रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने बताए ।
त्यस्तै, तराई मधेशका चाडपर्व तथा सांस्कृतिक रितिरिवाज जस्ता कुराहरुलाई बिभिन्न कार्यक्रमहरुका माध्ययमबाट पहाड तथा हिमालमा समेत झल्काउने बताए ।
साथै उनले पहाड र हिमालका सँस्कृतिहरुलाई तराई मधेशमा चित्रण गरिने समेत बताए । करिब आधा घण्टा भएको भेटवार्ताका क्रममा मोबाईल अस्पताल मार्फत स्वास्थ्य सेवा सँचालन गरिने प्रधानसेनापति थापाले बताए ।
तपाईको प्रतिक्रिया