बुटबल, २९ बैशाख । प्रदेश ५ सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धि गरेको छ । गत वर्ष प्रदेश ५ को आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत मात्र थियो । यो वृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनमा प्रतिशतका आधारमा यस वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धि प्रदेश ५ ले गरेको उल्लेख छ । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास वैजनाथ चौधरीले लगानी मैत्री वातावरणले गर्दा आर्थिक वृद्धिदरमा अरु भन्दा प्रदेश ५ अगाडि आएको बताए ।
निजी क्षेत्रको रोजाइ बढ्नु र उद्योग, कृषि, सेवा तथा पर्यटन क्षेत्रमा लगानी बढ्दा आर्थिक वृद्धिदर बढेको हो । ५ वर्षमा ९ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोमा यही अनुपात रहेमा लक्ष्यभन्दा बढी प्रगति हुने अनुमान रहेको छ । ।
तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा गण्डकी प्रदेशले ७ दशमलव ६, प्रदेश ३ ले ७ दशमलव ४, प्रदेश २ ले ६ दशमलव ५३, प्रदेश १ ले ६ दशमलव ४९ र सुदूरपश्चिम प्रदेशले ६ दशमलव २५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया