काठमाडौं, १३ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापासँग युरोपियन युनियनका महामहिम राजदूत भेरोनिका कोडीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूतबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।
सोही क्रममा राजदूत कोडीले दैविप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भईरहेको सहकार्यलाई अझ तिव्रता दिदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग समेत गर्ने बताइन् ।
तपाईको प्रतिक्रिया