प्रहरीमा नयाँ भर्ना छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी रुपमा संचालन

समाचार

1/2/2019

काठमाडौं, १७ पुस । नेपाल प्रहरीमा रिक्त रहका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न संचालनमा रहेको छनौट प्रक्रिया थप निष्पक्ष र पारदर्शी रुपमा संचालन भइरहेको छ ।

नेपाल प्रहरीले दक्ष, सक्षम, निपूर्ण र शारीरिक रुपमा तन्दुरुस्त उम्मेदवार छनौटका लागि प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शी रुपमा छनौट गर्न जोड दिएको हो ।

यसका लागि प्रहरी प्रधान कार्यालय समेतबाट वरिष्ठ प्रहरी अधिकृतहरुको टोलीले स्थलगत निरीक्षण अवलोकन समेत गरिरहेको छ ।

छनौट प्रक्रिया लोक सेवा आयोग, स्थानीय प्रशासनका प्रतिनिधिहरु र परीक्षा बोर्डका पदाधिकारीबाट समेत प्रत्येक इभेन्टमा प्रत्यक्ष निरीक्षण हुँदै आएको छ ।

छनौट प्रक्रियालाई निष्पक्ष बनाउन भर्ना छनौट भइरहेका स्थानहरुमा विचौलियाको प्रवेशलाई पूर्णतया रोक लगाइएको छ । छनौट परीक्षामा खटिने प्रहरी कर्मचारीहरुलाई भर्ना छनौटका प्रक्रिया, ऐन नियमको पूर्ण रुपमा पालना गर्न कडा निर्देशन दिइएको छ ।

छनौटमा खटिने प्रहरी कर्मचारी कर्तव्यबाट च्युत नहुन, विचलित नहुन, निष्पक्ष जिम्मेवारी र दायित्व निर्वाह गर्न अभिप्रेरित गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, “भर्ना छनौट प्रक्रिया नियाल्न छनौटस्थलमा सिसि टिभी राख्नुका साथै मूभी क्यामेरा प्रयोग गरी निग्रानी गर्ने गरिएको छ । परीक्षामा खटिने जो कोहीले पक्षपातपूर्ण काम गरेमा कडा कारवाही हुन्छ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ