रुपन्देही, ४ पुस । रुपन्देही व्यापार संघको आयोजनामा ५गते देखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तराष्ट्रिय व्यापार मेला सुरु हुँदैछ ।
पुस ५ गते देखि १८ गते सम्म चल्ने लुम्विनी एक्स्पोको तयारी पुरा भएको बुटवल मन्डपमा आज पत्रकार सम्मेलन गरी जानाकारी गराइएको छ ।
मेलाको प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पर्सि देखि सुरु हुने अन्तराष्ट्रिय व्यापार मेलाका लागि ६०० स्टल सहभागी रहने संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले वताए ।
उनले एक्स्पो स्थलमा १२ वटा पेभेलियन निर्माण गरी प्रत्येक पेभेलियनमा फरक फरक प्रकृतिका स्टलहरु सहभागी गराइएको वताए ।
एक्स्पोमा सहभागी स्टलहरुमध्येबाट फरक–फरक बिधाका उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको उनको भनाई छ।
स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्वपूर्ण स्थान दिने अध्यक्षको भनाई छ ।
तपाईको प्रतिक्रिया