बालिकालाई करणी गर्ने ८३ वर्षीय वृद्ध पक्राउ

समाचार

3/5/2019

बारा, २० फागुन । निजगढ नगरपालिका बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-३ सिंगौल बस्ने ८३ वर्षीय गणेशबहादुर बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिकलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ