बालमैत्री भवन निर्माणको शिलान्यास

समाचार

10/7/2018

जलेश्वर, २० असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको वडानं. ७ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवपट्टीमा एक कार्यक्रमबीच बालमैत्री नमुना भवनको शिलान्यास गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लव महोत्तरीको सहजीकरणमा समुन्नति बालबालिकाको लागि कार्यक्रम अन्तर्गत सो नमुना भवन बन्न लागेको हो ।

सो भवनको एक कार्यक्रमबीच रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रम्हदेव पासवानले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

सुविधा सम्पन्न शौचालयसहितको निर्माण गरिने सो भवनको लागत १९ लाख ८९ हजार ८ सय ७३ रुपैया रहेको बताउँदै रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले भवन निर्माणले विद्यालयमा बालबालिकाहरुको पठनपाठनमा सहजता आउने बताए । सो भवन ८ महिना भित्रमा तयार गरिसक्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ