बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन

समाचार

1/15/2019

धनगढी, ३० पुस । बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन् ।

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन योजना ल्याइने बताएका छन् ।

उनले प्रदेशको स्थायी राजधानी स्थापना हुने गोदावरीको विकासमा सरकारले ध्यान दिएको स्पष्ट पारे ।

सो धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गरिने गोदावरी धाम विकास समितिको योजनासँगै सोमबारदेखि सो मेला शुरु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ