भारतीय गृहमन्त्रीद्वारा एकीकृत भन्सार जाँचचौकीको शिलान्यास

समाचार

1/15/2019

नेपालगन्ज, १ माघ । मित्रराष्ट्र भारतका गृहमन्त्री राजनाथ सिंहले सीमावर्ती भारतीय शहर रुपेडीयामा भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गरेका छन् ।

सोमबार भन्सार जाँचचौकीको शिलान्यास गर्दै भारतका गृहमन्त्री सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन् ।

उनले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरे ।

एकीकृत भन्सार जाँचचौकी निर्माण भएपछि नेपालसँगको व्यापार अझ विस्तार हुने गृहमन्त्री सिंहले विश्वास व्यक्त गरे ।

नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपैडियामा एकीकृत जाँचचौकी निर्माण भइरहेको जाँच चौकी दुई वर्षभित्र निर्माण गरिसक्ने बताइएको छ ।

५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ