मुख्यमन्त्री राउतसहितको टोलीद्वारा बृहत् सरसफाई

समाचार

12/5/2018

जनकपुरधाम, १९ मंसिर । विवाहपञ्चमी महोत्सवको अवसर पारेर मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा जनकपुरधाममा बृहत् सरसफाई गरिएको छ ।

बुधबार सरसफाई कार्यक्रम बाह्रबिघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, जनकचौक, रामानन्द चौक, पिराडी चौक, मधेश भवन लगायतको सरसफाई गरिएको छ ।

सरसफाईमा मुख्यमन्त्री राउतका साथै भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, स्वच्छता अभियानी एवं प्रदेशसभा सदस्य राम अशिष यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरका उपप्रमुख रिता झा, मुख्यमन्त्री कार्यालयका सचिव लगायका टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु लगायतका टोली र विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ