माटोको टीका लगाएर ‘मातृभूमिका लागि नेपाली’को महाभेला सम्पन्न, केन्द्रीय परिषद् घोषणा

समाचार

5/19/2019

काठमाडौं, ५ जेठ । देश र नागरिकलाई केन्द्रमा राखेर नागरिकहरुमा देशभक्ति उजागर गर्ने उद्देश्यका साथ नागरिक अगुवाहरुको समूहले गठन गरेको ‘मातृभूमिका लागि नेपाली’को महाभेला काठमाडौमा सम्पन्न भएको छ ।

शनिबार प्रज्ञा भवनमा आयोजित एक विशेष कार्यक्रममा मातृभूमिका लागि नेपालीको घोषणा गरिएको हो । केशवप्रसाद भट्टराइको सभातित्वमा आयोजित भेलामा विभिन्न जिल्लाका सचेत नागरिकहरूको सहभागिता थियो ।

महाभेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइँको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो भने बुद्ध प्रतिमाको नमन गर्दै देशका लागि लड्ने शहीदको स्मरण एवम् ‘गाउँछ गीत नेपाली‘’ गीतको गुञ्जनबाट भेला आरम्भ गरिएको थियो ।

सो भेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा ‘मातृभूमिका लागि नेपाली’को केन्द्रिय परिषद् घोषणा गरेको छ ।

परिषद्मा डा. तिलक रावल, केशवप्रसाद भट्टराई, नारायणप्रसाद कोइराला, अरुणकुमार सुवेदी, डा. राजेश अहिराज, लक्ष्मीप्रसाद आचार्य, डा. भरत थापा, सुवास आचार्य, गोमा प्रधान, विमला थापा, नरोत्तम श्रेष्ठ, सनत आचार्य, दीपक गजुरेल, शम्भुमान सिंह, हमिद शाह रहेका छन् ।

यसैगरी, जगदिशकुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं, राजकुमार श्रेष्ठ, राजाराम श्रेष्ठ, कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा, सागर सुवेदी, यमलाल सुवेदी, डा. अम्बारिश पोखरेल, छत्रबहादुर मैनाली, वीरबहादुर चौधरी, नवीन हमाल, विजय ज्ञवाली, पूर्णसिंह खड्का, राजेन्द्र राना, बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, माधवी कटुवाल, काशिराम ढुङ्गाना, आभासेतु सिंह , बासुदेवचन्द्र मल्ल, गौरिलाल डाँगी, रामप्रसाद पौडेल, डा. गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेश्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जयबहादुर मल्ल, केशव चौलागाईं, यज्ञबहादुर थापा, अमर सुनार, रोममणी पाठक, युवराज केसी, छन्द भुषाल, केशव खतिवडा, जुलुमरत्न डङेल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरू वीरेन्द्र आचार्य, स्वरुप सुयल, वीरेन्द्र साह, अफजल मिया र माधव नेपाल लगायत सदस्य रहेका छन् ।

भेला आयोजनाबारे प्रकाश पार्दै संयोजक देवप्रकाश त्रिपाठीले राजनीतिकर्मीले देशलाई केन्द्रमा राखेर सोचिदिउन् भन्ने नेपालीको आशा टुटेकोले अभियान शुरु गर्नुपरेको बताए ।

सभामा मन्तव्य राख्दै अर्थ्विद् डा. तिलक रावलले देशको आर्थिक अवस्था पहिलेदेखि नै नराम्रो रहेको र वर्तमान सरकार निर्माणपछि निकै आशा गरिएकोमा झनै नराम्रो दिशातिर मुलुकको आर्थिक अवस्था खस्किएको चित्रण गरे ।

डा. राजेश अहिराजले देशमा आरक्षण होइन सवलीकरणको आवश्यकता रहेको तार्किक धारणा प्रस्तुत गरेका थिए । उनले आरक्षणले सक्षमलाई पलायन गराउने उल्लेख गर्दै आरक्षण बिषवृक्ष भएकोले पूर्णतः खारेज गरिनुपर्ने माग गरेका थिए ।

फोटो : घटना र विचारबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ