रौतहट, १२ पुस । यौन तथा लैंगिक हिंसा न्यूनीकरणको लागि स्थानीय सरोकारवालासँगको संवाद कार्यक्रम नेपाल मुस्लिम महिला कल्याण समाज सस्थाको आयोजनामा बुधबार कर्मचारी मिलान केन्द्रको सभाहाल गौरमा सम्पन्न भएको छ ।
तराईमा देखिएको लैंगिक हिंसाको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी भएकाहरुले आफ्नो घर तथा गाउँ समाजमा हुने गरेको महिलाप्रतिकों हिंसा न्यूनीकरण गर्ने सामूहिक प्रतिवद्धता जनाएकाको सस्थाको शिव शंकर पासवानले बताएका छन् ।
तपाईको प्रतिक्रिया