रौतहट, २६ फागुन । जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं जिल्लाको टोखा नगरपालिका २९ बस्ने २१ बर्षिय प्रिन्स तामाङ् र सोही जिल्लाको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षिय विकास महर्जन छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
त्यसवेला उनीहरुको साथबाट नुफिन ८० वटा, डाईजिल्याप ८० वटा, नाईट्रोभेट छ सय ३० वटा र प्रोमेथाजेन ८० वटा फेला परेको थियो ।
गौरबाट चपुरतर्फ आउँदै गरेको अटो रिक्साबाट ओर्लिएपछि एक आपसमा वादविवाद गरी झगडा गर्न थालेका उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएइको छ ।
तपाईको प्रतिक्रिया