रुपन्देही, २२ असोज । रुपन्देहीमा क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो ।
रोटरी क्लब अफ बुटवलको अगुवाईमा तिलोत्तमाको मणिग्राममा आईतबार भएको विस्तारित भेलामा सहभागी रोटरीयनहरुले यस क्षेत्रमा क्यान्सर अस्पतालको अभाव रहेकाले संचालन गर्नु पर्नेमा जोड दिए ।
क्यान्सर अस्पताल संचालनको लागि सहकार्य गर्न तयार रहेको रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ अन्तरगत जोन फाईवका रोटरी क्वलका अध्यक्ष तथा प्रतिनिधिहरुले बताएका छन ।
उनिहरुको एउटै भनाई छ– क्यान्सर अस्पताल अति आवश्यक छ सहयोगको लागि हामी तयार छौ । जोन फाईभका २१ बटा क्लबहरुले क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा साथ दिने प्रतिवद्धता पछि अभियान्ताहरु उत्साहित भएका छन ।
क्यान्सर अस्पताल स्थापनाको लागि श्रोत जुटाउने कार्य शुरु भएको संयोजक हुतानन्द खनालले जानकारी दिए । उनले रोटरी क्लबहरुको सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धताले आफूहरु उत्साहित भएको बताए ।
तपाईको प्रतिक्रिया