लोग्नेको ज्यादतीको कारण न्यायालय पुगिन् ज्योति अग्रवाल

समाचार

2/17/2019

रौतहट, ४ फागुन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय ज्योति अग्रवालले श्रीमानको ज्यादतीको कारण बाध्य भएर न्यायालयको शरणमा गएको बताएकी छन् ।

उनले लोग्नेले हिंसा गरेको कारण पीडित भएको सुनाइन् । दुई सन्तानको आमा भएपनि लोग्नेले पटक–पटक हिंसा गरेको हुँदा सहन गर्न नसकी अदालतको शरणमा पुगेको बताइन् ।

लोग्ने अरुण कुमार अग्रवाल गलत लतमा लागि जीवनयापन गर्ने एकमात्र अचल सम्पति २ कट्ठा ५ धुर जग्गा रहेकोमा त्यो सम्पूर्ण जग्गा विक्री गरिदिएपछि खान लाउन समस्या भएकोले आफ्नो र छोराछोरीको अंश हक जातिको जग्गा बदर हुनु पर्ने माग गर्दै रौतहट जिल्ला अदालत गौरमा लोग्ने र जग्गा खरीद गर्ने जगदीश प्रसाद अग्रवाल माथि लेखात बदर दर्ता बदर दर्ता मुद्दा दायर गरेको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ