वीरगञ्ज, १८ पुस । वीरगञ्ज महानगरपालिकाले हर्न निषेधित तथा प्लाष्टिकमुक्त अभियान शुरु गरेको छ ।
बढ्दै गएको हर्न तथा प्लाष्टिकको प्रयोगले महानगर क्षेत्रमा प्रदूषण बढ्नुका साथै नगरक्षेत्र कुरुप बन्न थालेपछि सोको नियन्त्रण गरी स्वच्छ नगर बनाउने लक्ष्य लिइएकोे छ ।
प्लाष्टिकको प्रयोगले आँखाको समस्या, दम, फोक्सोको क्यान्सर, थाइराइड र प्रजननसम्बन्धी हर्मोनको समस्या हुने गरेको छ ।
महानगरले आजदेखि ३० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन र प्लाष्टिकजन्य पदार्थको उपयोगमा कडाइका साथ नियन्त्रण गर्ने तथा प्रेसर हर्न बजाउन बन्देज लगाएको छ ।
तपाईको प्रतिक्रिया