विवाद होइन विकास चाहिन्छ : उपमेयर गिरी

समाचार

5/13/2019

रौतहट, ३० बैशाख । रौतहट जिल्लाको परोहा नगरपालिकाका उपप्रमुख सुगान्धी देवी गिरीले कुनै किसिमको विभेद भेदभाव नरहेको बताएकी छन् ।

रौतहटका केही स्थानीय तहका उपमेयर र उपाध्यक्षहरु नगरप्रमुखले अधिकार कुण्ठित गर्नुको साथै विभेद गरिरहेको भनि रहेको अवस्थामा उपप्रमुख गिरीले यस्तो प्रतिक्रिया दिएकी छन् ।

परोहा नगरपालिका वडा नं.६ भेडियाहीस्थित श्री प्राथमिक विद्यालयमा छाया नेपालको सहयोगमा निर्मित शिशु कक्षाको भवनको उद्घाटनपछि संचारकर्मीसित छोटो कुरा गर्दै उपमेयर गिरीले नगरपालिकामा कुनै किसिमको विवाद विभेद नरहेको दावी गरिन् ।

उनले भने हाम्रो नगरपालिकामा मेयर उपमेयरबीच मतभेद छैन । अरु नगरपालिकामा जे जस्तो भएपनि मेरो नगरपालिकामा कुनै समस्या रहेको छैन ।

पत्रकारले उपमेयरहरुले विभेद भयो भनिरहेको छ नि भनि सोधेको प्रश्नको जवावमा उपमेयर गिरीले अरुले केही भने पनि मलाई कुनै अप्ठयारो नरहेको छ ।

मेरो सम्बन्ध मेयर, प्रमुख प्रशासकिय अधिकृतसँग सुमधुर रहेको छ । निर्वाचित जनप्रतिनिधिको चाहना विकास हेर्नुपर्ने धारणा राखिन् ।

मेरो नगरपालिकामा विकास होस् इच्छा रहेको बताउँदै नगरपालिकाको विकसित कसरी बनाउने अवधारणा लिएर नगर प्रमुखसँग सहकार्य गरी अगाडी बढ्नुको विकल्प नरहेको जिकिर गरिन् ।

बाटोघाटो, नाला, विद्युत, सिचाई, आर्थिक उन्नतिका लागि कलकारखानाको स्थापना, मानवको स्वस्थ्य जीवनका लागि स्वास्थ्य अधारभूत आवश्यकता रहेको जोड दिँदै लोप हुँदै गएको कला सांस्कृतिकको सम्वद्र्धन, संरक्षण गर्न सबैले हातोमालो गरी जानुपर्ने सुझाव उपमेयर गिरीको रहेको छ ।

निर्वाचनको बेला अधिकारको साथसाथै विकासको जनताबीच प्रतिवद्धता गरेकोले सो तर्फ ध्यान दिनु जरुरी रहेको उनको कथन रहेको छ ।

अरु नगरपालिकाका उपमेयरले जे गरे पनि उनीहरुको लोकतान्त्रिक अधिकार रहेको बताए । विकासमा प्रतिस्पर्धा गरेमा राम्रो हुने छ । विना कारण विवाद सृजना गरे जनताको काम समेत प्रभावित हुने बताउँदै उपमेयर गिरीले विवाद होइन विकास हाम्रो चाहना रहेको प्रष्ट पारेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ