वंशजको नागरिकता नदिन सर्वोच्चद्वारा पुनः अन्तरकालीन आदेश

समाचार

5/8/2019

काठमाडौं, २४ बैशाख । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशज आधारमा नागरिकता नदिन फेरि सर्वोच्च अदालतले रोक लगाएको छ ।

गृह मन्त्रालयको पत्रलाई कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार पुनः अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता आचार्यको संयुक्त इजलासले यसअघि नागरिकताका विषयमा फरक फरक आदेश जारी भएकाले यसलाई पूर्ण इजलासबाट टुंगो लगाउनुपर्ने फैसला गर्दै हाल गृह मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेपछि उक्त पत्रको कार्यान्वयन रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले रीट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ