शंकराचार्यद्वार सौन्दर्यीकरण उदघाटन

समाचार

12/5/2018

वीरगन्ज, १८ मंसिर । वीरगन्जस्थित शंकराचार्यद्वारको जिर्णोधार गर्दै वीरगन्ज महानगरपालिकाले शौन्दर्यीकरण गरेको छ ।

महानगरपालिकाको सौन्दर्यीकरणले वीरगन्ज रक्सौल सिमाक्षेत्रको शंकराचार्यद्धार अहिले सेल्फी स्थलको रुपमा परिणत भएको छ । विगतमा सरकारी उदसिनता र उपेक्षाको कारण यो क्षेत्र फोहर डम्पीगं स्थलको रुपमा परिणत भएको थियो ।

महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दै द्वार अगाडि राष्ट्रिय झन्डाको स्थापना गरेको छ । विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंगे्रजी भाषाको डिजिटल बत्तीलगाइए छ ।

निर्माण गरिएको पानीको फोहरामा भगवान पशुपतिनाथको मुर्ती स्थापना गर्ने योजना समेत रहेको महानगपालिकाले जनाएको छ ।

आर्थिक नगरी एवम् मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जलाई राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ