सूचनाको हकसम्बन्धी कानूनी प्रावधानबारे जानकारी

समाचार

10/5/2018

महोत्तरी, १९ असोज । महोत्तरीको एकडारा गाउँपालिकाका सेवाग्राही तथा सेवाप्रदायकहरुलाई सूचनाको हकसम्बन्धी कानूनी प्रावधानबारे जानकारी गराइएको छ ।

मिडिया एड्भोकेसी गु्रपको तर्फबाट राकेश प्रसाद चौधरीले ४० जनालाई सूचना माग गर्दा लेख्नुपर्ने निवेदनको ढाँचा, सूचना अधिकारीलाई सम्बोधन गरेर निवेदन लेख्नुपर्ने, टिकट नलाग्ने, सूचना नपाइएमा राष्ट्रिय सूचना अयोगमा उजुरी गर्न सकिने प्रावधानहरु बताए । सूचनाको हकबारे जानकारी पाउनेमध्ये एकजनाले मात्र केही वर्ष अगाडि यसको अभ्यास गर्दासमेत सूचना पाएका थिएनन् ।

मानवअधिकार पैरवी संजालका सचिव जितेन्द्र बैठाले एकडारा गाउँपालिकामा रहेको सार्वजनिक निकायहरुबाट शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारसहितको विषयमा सूचनाहरु माग्न शुरु गरिने प्रतिवद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सूचना माग्न आएमा आफूहरु पछि नहट्ने आश्वासन दिए ।

यसैबीच, साझा आवाज कार्यक्रमअन्तर्गत आयोजित जातीय विभेदको सवालमा नेतृत्वकर्ता र योजना तर्जुमा संयन्त्रबीच संवाद कार्यक्रममा राजनीतिक दल, दलित एवं गैरदलित समूदायका प्रतिनिधि तथा सरोकारवालाहरुले दलित समूदायमा पुग्नुपर्ने बजेट तथा लगिनुपर्ने योजनामा चुक भएको स्विकारेका छन् ।

जातीय विभेद अन्त्यका लागि हरेक समुदायले बराबरीको विकास गर्न पाउने वातावरण निर्माणमा सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संवादमा दलित समुदायमा कमी रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालय, सडकसहितको आवश्यकतालाई अझैसम्म पूर्ति नगरिएको आरोप दलित समूदायका अगुवाहरुले लगाए । सुमित्रा दासले भनिन्, ‘वर्षौंदेखि कुरा मात्र भएको छ ।

समस्या त सबैलाई थाहा छ । समाधान गर्न कोही चाह्दैनन् । त्यहींभएर जातीय विभेदको अवस्थामा खासै सुधार छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ