सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने

समाचार

1/1/2019

काठमाडौं, १७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ ।

प्रदेश नं २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयसँगै सो स्थापना हुने भएको हो ।

उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ जसबाट प्रदेश नं १ र २ का विरामीहरुले उपचार सुविधा प्राप्त गर्नेछन् । साथै चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुनेछ ।

विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ । जसले सप्तरीको विकासमा फड्को मार्न सघाउ पुग्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ