स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ

समाचार

2/6/2019

रुपन्देही, २३ माघ । प्रदेश नं ५ सरकारले प्रदेशका ५२ निर्वाचन क्षेत्रमा स्थापना गरिने स्मार्ट कृषि गाउँको प्रारम्भ गरेको छ ।

प्रदेश सरकारले आज रूपन्देहीको देवदह–९ बुद्धनगरबाट पहिलो स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गरेको हो ।

परम्परागत खेती प्रणालीलाई बदलेर आधुनिक र व्यावसायिकीकरण गर्दै समृद्धिको प्रस्थानविन्दु मानेको प्रदेश सरकारले ५२ स्मार्ट गाउँ छनोट गरेको छ ।

प्रदेश सरकारले ५२ वटै निर्वाचन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्नका लागि आव २०७५÷७६ मा रु २६ करोड विनियोजन गरेको छ । हरेक क्षेत्रमा रु ५० लाख छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ