रौतहट, १६ पुस । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टी निवासी गायिका अंजली पटेल भारतको चेन्नईमा सम्मानित भएकी छिन् ।
गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी गायिका पटेललाइ स्टेला मारिस कालेज चेन्नई तथा हिन्दी कश्मीरी संगम श्रीनगरको संयुक्त आयोजनामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठी तथा सम्मान समारोहमा सम्मानित गरिएको हो ।
पटेललाइ वेस्ट बंगालका राज्यपाल केशरीनाथ त्रिपाठी तथा त्रिपुराको राज्यपाल कप्तान सिंह सोलंकीले स्वर कोकिला हव्वा खतून साहित्य पुरस्कारबाट सम्मानित गरेका छन् ।
केमेस्ट्रीबाट स्नातक तह उत्तीर्ण गरेकी पटेल स्नातोकर शिक्षा विषयमा शिक्षा हासिल गरेकी छिन् ।
सानै उमेरदेखि गायनक्षेत्रमा रूचि राख्ने ३२ वर्षीया पटेल संगीतमा बीए रत्नराज्य क्याम्पस काठमाडौंमा पूरा गरी गायनको साथसाथै अध्यापनमा पनि लागेकी छन् ।
गायिका पटेल अहिलेसम्म भारतमा विभिन्न पुरस्कारबाट चार पटक सम्मानित भइसकेकी छन् । मधेशी समुदायको छोरी भएर शिक्षा र सँगीतको क्षेत्रमा राम्रो प्रगति गरेकी हुन् ।
यसअघि हम सब साथ साथ छैठौ सोसल मीडिया सम्मान २०१८, आशिष चन्द्र शुक्ला स्मृति सम्मान र टाइम्स इण्डिया टयालेन्ट अवार्डबाट सम्मानित भएको गायिका पटेलले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया