नेपालगञ्ज, २७ भाद्र । नेपाल प्रेस युनियन, बाँकेले प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को ९०औँ जन्मदिन यहाँ मनाएको छ । युनियनले उनको घरमा जन्मदिन मनाएको हो ।
प्रेस युनियन बाँकेका संस्थापक अध्यक्षसमेत रहनुभएका गुप्तको जन्मदिनमा बाँकेका राजनीतिककर्मी र पत्रकारको उपस्थिति थियो । सहभागीले प्रेस स्वतन्त्रता सेनानी गुप्तलाई टीका लगाएर र खादा ओढाएर जन्मदिनको शुभकामना दिएका थिए ।
त्यस अवसरमा प्रेस स्वतन्त्रता सेनानी गुप्तका सुपुत्र पूर्व नगरप्रमुख विजय गुप्तले युनियनले स्थापना गरेको ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा रु दुई लाख दिने घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया