हिन्दू परिषद् पर्साको बैठक सम्पन्न

समाचार

12/26/2018

वीरगन्ज, ११ पुस । हिन्दू परिषद् नेपाल पर्सा जिल्लाको बैठकले पाँच बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

श्रीपुरस्थित कार्यालयमा भएको बैठकले संगठन विस्तार कार्यलाई निरन्तरता दिने, सरकारी वा निजी कार्यालयमा भगवानको पÞmोटो अंकित तस्बीर व्यवस्थापन गर्न लगाउने, महीनामा एक पटक अनिवार्य रूपले जिल्लाको बृहत बैठक गर्ने,जनजागरण कार्य लाई निरन्तरता दिने र पूस अन्त्य वा माघको पहिलो हप्तामा पोखरियामा संकल्प सभा गर्ने बैठकले निर्णय गरेको पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलले बताए ।

बैठकमा जिल्ला उपाध्यक्ष राधेश्याम सर्राफ, वीरेन्द्र गुप्ता, छबिलाल उप्रेती, सचिव सुधीर मिश्रा, कोषाध्यक्ष रेखा घिमिरे, सहकोषाध्यक्ष दीपक पटेल, क्षेत्रीय अध्यक्षहरु क्रमशः प्रदीप तिवारी, रामाकान्त पटेल, किशोरी प्रसाद कुर्मी, पंडित गौरीशंकर तिवारी, वीरगंज नगर अध्यक्ष ऋषिकेश पटेल, पोखरिया नगर अध्यक्ष वीरेन्द्र गिरी, बहुदरामाई नगर अध्यक्ष मुना साह, हिन्दू बुद्धिजीवी परिसद पर्सा जिल्ला अध्यक्ष मदन पटेल, हिन्दू विद्यार्थी परिषद् पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू युवा परिसद पर्सा जिल्ला अध्यक्ष अखिलेश साह, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, हिन्दू युवा परिषद् वीरगंज नगर अध्यक्ष रंजीत चौरसिया, उपाध्यक्ष राजेश पटेल, हिन्दू परिषद नेपाल बिरगंज महानगरपालिका बड़ा न.३ अध्यक्ष शकर सरार्फ,४ अध्यक्ष राजा वर्णवाल, ७ अध्यक्ष बिशाल रायमाझी, ८अध्यक्ष शशी साह कानू, १० अध्यक्ष अरबिंद साह, १२ अध्यक्ष राजू पटेल, १५ अध्यक्ष किशोरी सोनार, १८अध्यक्ष बिकेश पटेल, २४ अध्यक्ष पूरन राउत कुर्मी, २५ अध्यक्ष प्रदीप साह तेली, ३२ अध्यक्ष बिनोद झा बैठकमा सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ