२१ वर्षीया किशोरीको विभत्स हत्या, श्रीमानसहित तीन जना पक्राउ

समाचार

4/30/2019

कपिलवस्तु, १६ बैशाख । कपिलवस्तुको वाणगंगा नदी किनारमा एक किशोरीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नं. ८ बालापुर भन्ने स्थानमा स्थानीय सुनिता थारुको हत्या भएको हो ।

बालापुर निवासी २१ बर्षीय थारुको हत्या विभत्स तरिकाबाट भएको छ । सुनितासँगै उनका परिवारले राती नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा लगेका थिए ।

तर, उनलाई नुहाउने निहुँमा हत्या गरियो । हत्याबारे थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पिपराले श्रीमान्सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

थारुको एक वर्षअघि प्रेम विवाह भएको बताइएको छ । नुहाउन गएकी छोरी रातीसम्म घर नफर्किए पछि उनका माइती पक्षका बुवा तुल्सी थारुले विहान साढे ३ बजे प्रहरीलाई जानकारी गराएका थिए ।

सुनितालाई कुटपिट संगै यातना दिएर हत्या गरिएको छ । विगतका दिनहरुमा पनि घरकी सासु र दिदीले यातना दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । अहिले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ