काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते पार्टी एकता नहुने भएको छ।
कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज बालुवाटारमा बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि एकता प्रक्रिया थप लम्बिएको हो। प्रतिवेदनको थप अध्ययनका लागि दुवै पार्टी अध्यक्षलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ।
संयोजन समितका सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले बैसाख ९ गते एकता हुन असम्भव भएको बताए। 'असमझदारी हटाउने विषयमा अध्यक्षज्युहरु फेरि बैठक बस्नुहुन्छ र एकताको अर्को मिति तय गर्नुहुन्छ,' उनले भने, 'बैसाख ९ को मिति चाहिँ अहिलेलाई टरेको छ।'
जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया अवरुद्ध बनेको छ। हिजो दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा वान टु वान छलफल भएको थियो।
एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।
नेपाल लाईभ
तपाईको प्रतिक्रिया