बाँके । नेपालगन्ज उपमहानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका कृषि शाखामार्फत खाद्यान्न बाली गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई वितरण कार्यक्रम अन्तर्गत विजय र बाणगंगा जातको उन्नत बीउ वितरण गरिएको हो ।
उपमहानगरपालिकाभरिका आम किसानहरूलाई लक्षित गरी वितरण गर्नु पूर्व बीउ माग सङ्कलनका लागि ७ दिने सूचना प्रकाशन गरिएको थियो ।
उक्त समयभित्र माग गर्न आएका किसानहरूलाई बीउ वितरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले बताए ।
तपाईको प्रतिक्रिया