राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदबार

समाचार

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई जसपा नेपालले आफ्नो उम्मेदबार चयन गरेको हो।

मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई जसपा नेपालले उम्मेदबारको रुपमा अघि सारेको छ ।

जनकपुरस्थित निर्वाचन आयोगमा तीनै जना उम्मेदबारले आ–आफ्नो उम्मेदबारी दर्ता गराइसकेका छन्। गठबन्धनका साझा उम्मेदबार महन्थ ठाकुरलाई भने जसपा नेपालले समर्थन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ