जसपा नेपालको समर्थनमा महन्थ ठाकुरद्वारा राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

समाचार

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो ।

दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ