रौतहटमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री चुनावी मैदानमा

समाचार

राकेश यादव, रौतहट । फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोयन पत्र दर्ताको कार्य सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनको लागि देशभरिको १६५ निर्वाचन क्षेत्रमा मनोयन पत्र दर्ता भएको छ ।

जेंनजी आन्दोलन पछि हुन् लागेका प्रतिनिधि सभाको निर्वाचनको लागि रौतहटमा पुर्वप्रधानमन्त्रीदेखि पुर्वमन्त्री, राज्यमन्त्रीले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेपाल सरकारका पुर्व उद्योगमन्त्री अनिल कुमार झाले नेपाली कांग्रेसको तर्फबाट, प्रदेश सरकारका पुर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी नेपालबाट रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचन आयोग नेपालको पुर्व निर्धारित कार्यक्रम अनुसार मनोयन पत्र दर्ता गराएका हुन् ।

नेकपा एमालेका तर्फबाट पुर्वनगर प्रमुख अजय कुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजेश चौधरी, जनमत पार्टीको तर्फबाट देवेन्द्र मिश्र, आम जनता पार्टीबाट त्रिभुवन साह, जन अधिकार पार्टीबाट संजय यादवले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट डाक्टर मोहमद फिर्दोश आलम, नेकपा एमालेबाट मो महमद अतिउल्लाह, नेपाली कम्युनिस्ट पार्टीबाट पुर्वसंसद किरण कुमार साह, जनता समाजबादी पार्टीबाट राम आसिश यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगीर, आम जनता पार्टीबाट श्रीभगवान पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट राम कृपाल यादव, नेकपा एमालेबाट पुर्वप्रदेश सांसद कुन्दन कुशवाहा, नेपाली कम्युनिस्ट पार्टीबाट समाजसेवी चर्चित महिला पुनम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन्द्र पटेल धिरज, आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साह, जनता समाजवादी पार्टीबाट गोविन्द चौधरी, जनमत पार्टीबाट शेख प्रबेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना, नेकपा एमालेबाट रामजी साह, नेपाली कम्युनिस्ट पार्टीबाट राम कुमार भट्टराई, आम जनता पार्टीबाट चर्चित संचारकर्मी ऋषि धमला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पौडेल लगायतले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन २१ मा हुने निर्वाचनको लागि रौतहटमा ठुला तथा साना राजनीतिक दलहरुले महिलालाई प्रत्यक्ष तर्फ हुने निर्वाचनको लागि बढी उम्मेदवार बनाएको देखिएको छैन । मनोयन दर्ताको कार्य शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ