इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आँखा अस्पताल टोलमा दिपेन्द्र श्रीवास्तवको घरबाट बुधबार राति लाखौंको चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरहरुले छतमा रहेको टिनको ढोका काटेर घरभित्र पसेका थिए । घरभित्र तीनवटा कोठा फोडेका थिए ।
कोठामा रहेको सुन चाँदीको गरगहना ल्यापटप कम्प्युटर लगायतका सामानहरू चोरी भएको छ ।
पीडित दिपेन्द्र श्रीवास्तवका अनुसार सुनको मङ्गलशुत्र झुम्का कानको टप दुई जोडी पायल तथा भाडामा बस्नेको ल्यापटप सुनको सिक्री चाँदीको सिक्का लगायत अन्य कागजातहरु समेत चोरेर लगेका छन् ।
कपिलवस्तु सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया