राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
शनिबार सदरमुकाम गौरमा पत्रकार सम्मेलनको आयोजना गरि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट फाल्गुन २१ गते हुने निर्वाचनको लागि आफ्नो उम्मेदवारी दिएका पुर्व कृषि राज्य मन्त्रि समेत रहेका यादवले ६ बुंदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
रौतहट क्षेत्र नम्बर १ अन्तर्गत पर्ने स्थानीय तह गौर, राजदेवी, यमुनामाई, दुर्गा भगवती गाउपालिका, माधव नारायण नगरपालिका बागमती नदि र लालबकैया नदीको कारण बर्षेनी झेल्दै आएका डुवानको समस्या समाधान गर्ने, कमजोर रहेका शिक्षा क्षेत्रलाई सुधार गर्ने, आम नागरिकको स्वास्थ्यको लागि सुबिधा सम्पन्न स्वाश्थ्य सेवालाइ प्रवर्धन गर्ने, बेरोजगारीलाइ न्यूनीकरण गर्न ठुलो उद्योगको स्थापनाको लागि संघीय र प्रादेशिक सरकारसँग पहल गर्ने, जेनजी आन्दोलनबाट उठेका युवा पुस्ताको मागलाई सम्बोधन गराउने र गर्ने समेत प्रतिबद्धता जनाएका हुन् ।
मधेशी समुदायसँग हुदै आएको विभेदलाई अन्त्य गर्ने र समाजमा देखिएका राजनीतिक आर्थिक संस्कृतिक विभेदलाई अन्त्य गरि समतामुलक समाज निर्माणमा अहम भूमिका खेल्ने मुख्य प्राथमिकता राखेर जनताको सर्बाङ्गिक विकासको लागि काम गर्ने समेत बचन दिएका छन् ।
३० बर्षदेखि मधेश र मधेशी समुदाय, पिछडिएका बर्ग समुदाय, मुस्लिम, थारु, दलित, महिला, युवाको हक अधिकारको लागि लडाई संघर्ष गर्दै आएका जनता समाजवादी पार्टीमा रहेर जनताको सेवामा दिनरात काम गर्दै आएको कारण जनताको विश्वासको आधारमा आफु चुनावी प्रतिस्पर्धा उत्रिएको बताए ।
यादवले भने, ‘प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भएर ५ वर्ष क्षेत्र र जिल्लाका जनताको काम गरेको छु मलाइ विश्वास छ क्षेत्रका मतदाताले जिताउँछ ।’
आसन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट अजय कुमार गुप्ता , नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट पूर्वमन्त्री अनिल कुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी मुख्य प्रतिस्पर्धीको रुपमा रहेका छन् ।
संचारकर्मीहरुले सोधेका प्रश्नको जवावमा उम्मेदवार यादवले पटक पटक मधेशी समुदाय प्रति नकारात्मक टिप्पणी गर्ने नेकपा एमालेलाइ मधेशी जनताले मतबाट त्यसको जवाव दिने बताए । उनले मधेशी जनतालाइ दमन शोषण गर्ने ,युवा पुस्ताका छाती र टाउको गोलि हानि हत्या गराउने पार्टीका उम्मेदवारलाइ मधेशी जनताले पराजित गरेर देखाउने विस्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा नेपाल संघीय समाजवादी पार्टीबाट उम्मेदवारी दिएका जाजुल देवानले आफ्नो उम्मेदवारी फिर्ता लिएर जनता समाजवादी पार्टीका उम्मेदवार योगेन्द्र राय यादवलाइ समर्थन समेत गरेका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिएर योगेन्द्र यादवलाइ समर्थन गरेको समेत देवानले बताए ।
पत्रकार सम्मेलनमा सहमहामन्त्री अनिल कुमार सिंह, पुर्व प्रदेश संसद बाबुलाल साह, प्रदेश सभा सदस्य शोभा देवी साह, केन्द्रिय सदस्य विश्वनाथ पटेल, किरण ठाकुर, लोसपाका जिल्ला अध्यक्ष भरत साह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया