बालेनलाई रौतहटमा भव्य स्वागत

समाचार

राकेश यादव, रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई रौतहटमा भव्य स्वागत गरिएको छ । देशमै चर्चित उम्मेदवारका रुपमा रहेका बालेनलाई पार्टीका समर्थक कार्यकर्ताहरुले रौतहटका चन्द्रनिगाहपुर र गरुडामा भव्य स्वागत गरेका हुन् ।

चुनावी प्रचार प्रसारमा रहेका झापा ५ का प्रतिनिधि सभा सदस्य साहलाई रौतहटका चारै निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार र समर्थकहरुले फुल मालाका गुच्छासहित स्वागत गरेका हुन् । महोत्तरीको बर्दिबासबाट सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ का डा.अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र पुगेका बालेन बिहान ११ बजे चन्द्रनिगाहपुर पुगेको पार्टीका उम्मेदवार राजेश चौधरीले जानकारी दिएका छन् ।

सडक यात्राको क्रममा रहेका प्रधानमन्त्रीका उम्मेदवार साह रौतहटको गरुडामा करिव १२ बजेको समयमा आइपुगेका थिए ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ हुँदै निर्वाचन क्षेत्र नम्बर २ को राजपुर भएर बाराको कलैया जाने निर्धारण गरिएको कार्यक्रमले सवै क्षेत्रका स्थानीयहरु बालेनसँग भेटघाट गर्ने आशमा बसेका थिए तर एकासी रुट परिवर्तन गरि बालेन गरुडाबाट बाराको निजगढ गएको राष्ट्रिय स्वतन्त्र पार्टी गौर नगरपालिकाका नगर अध्यक्ष सुर्य कुशवाहाले बताए ।

बालेन संग भेट्न गरुडा र चन्द्रनिगाहपुरमा पुगेका समर्थक कार्यकर्ताहरुले बालेन साह जिन्दाबाद , अम्की बार बालेन नेतृत्वको सरकार जस्ता नारा समेत लगाएका थिए । बालेनसँगै रहेका सर्लाही ४ का प्रतिनिधि सभा सदस्य पदका चर्चित उम्मेदवार डाक्टर अमरेश कुमार सिंह गौर आएका थिए ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा उम्मेदवार भएको निर्वाचन क्षेत्र सर्लाही ४ अहिले सवैको ध्यान केन्द्रित गरिरहेको क्षेत्र भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको जित नै हुने डाक्टर सिंहले दावी समेत गरेका छन् । बाकि रहेको ठाउमा आगामी फाल्गुन १० गते पछि बालेन साह चुनावी प्रचारको लागि आउने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ ।

जेन जेडको आन्दोलन पछि भै रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहटमा घन्टीको चर्चा तिब्र रहेको छ । रौतहटको चार वटै निर्वाचन क्षेत्रमा घन्टीको स्वस्फुर्त रुपमा जनसमर्थन बढ्दै गएको देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री अनिल कुमार झा, एमालेका अजय कुमार गुप्ता, जसपा नेपालका पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव र रास्वपाका राजेश चौधरी बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मधेशी समुदायका पहिलो प्रधानमन्त्री बन्ने भएकोले स्थानीयहरू बालेनको पक्षमा घन्टी छापमा मत दिने मानसिकता बनाएकोले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभाव बढ्दो क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ