काठमाडौं । जनता समाजवादी नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा शुक्रबार जसपा नेपालले आयोजना गरेको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन, प्रदेशको पुनः सीमांकन र स्वायत्तता जसपा नेपालको स्पष्ट धारणा रहेको बताएका हुन् ।
संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन÷परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट धारणा जसपा, नेपालको रहेको उनले बताए ।
उनले भने, ‘ युवाको लागि शिक्षा, रोजगारी र प्रविधिमा पहुँचका साथै देशको दिगो विकास र प्रगतिमा युवाको सक्रिय भूमिका आजको युगको आवश्यकता हो ।जहाँ–जहाँ युवा उठ्छन्, त्यहाँ–त्यहाँ इतिहासले नयाँ बाटो बनाउँछ । सपना देख्ने र त्यसलाई पूरा गर्ने शक्ति युवा नै हुन् ।’
घोषणापत्रको पूर्णपाठ
तपाईको प्रतिक्रिया