कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवा – बहादुरगंज सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ छोटकी तौलिहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

तौलिहवाबाट गोदाहवा तर्फ जाँदै गरेको लु २५ प ५७५९ नम्बरको डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६७८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुपर स्प्लेन्डर मोटरसाइकलका चालक सोही वडाको पिपरीका १८ वर्षीय सोनु कोरीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुपर मोटरसाइकलको पछाडि बसेका कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का धिरज बढई र डिस्कभर मोटरसाइकलका चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ शिवकोटावका अरमान दर्जी घाइते भएका छन । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ