इमरान खान, कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार एहशान अहमद खाँले मतदाताहरुलाई भोट माग्न आउने उम्मेदवारसँग कपिलवस्तु जिल्ला र क्षेत्र नम्बर ३ किन पछाडि परेको हो भन्ने प्रश्न गर्न आग्रह गरेका छन् ।
घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खानले कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा विकासका दृष्टिले पछाडि परेको बताएका हुन् ।
यहाँबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले अपेक्षा अनुसार काम नगरेका कारण नागरिकले अझै पनि आधारभूत सुविधा र अवसरबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।
“वर्षौंदेखि एउटै अनुहारलाई जिताउँदै आए पनि क्षेत्रको अवस्था उस्तै छ । अब भोट माग्न आउने उम्मेदवारसँग किन विकास भएन भनेर जनताले प्रश्न गर्नुपर्छ,” एहसान खानले भने ।
उनले जनसमुदायहरुले आफूलाई एकपटक अवसर दिएमा क्षेत्रको विकासका लागि स्पष्ट योजना अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । अहिले घरदैलो अभियानमा सक्रिय रहेको उल्लेख गर्दै नेकपा (तारा) का उम्मेदवार खानले जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरे ।
खानले कपिलवस्तुको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको समेत बताए । अहिले कपिलवस्तुको क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार एहसान खाँ चुनाव चिन्ह (तारा) धेरै चर्चामा रहेको छ ।
तपाईको प्रतिक्रिया