रास्वपाका प्रभावशाली नेता पवन चौधरी राष्ट्रिय एकता दलमा प्रवेश

समाचार

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह–सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

बारामा रास्वपाको सांगठनिक विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका चौधरीको बर्हिगमनलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

गत प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाको उम्मेदवार बनेका चौधरीले ७,००० मत प्राप्त गरी बलियो उपस्थिति जनाएका थिए ।

क्षेत्रमा राम्रो जनमत र युवाहरूमाझ लोकप्रियता रहेका उनको प्रवेशले राष्ट्रिय एकता दललाई बारामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वास्तविक एकता र विकासका लागि नयाँ यात्रा सुरु गरेको बताए । उनीसँगै रास्वपाका केही स्थानीय कार्यकर्ताहरू पनि राष्ट्रिय एकता दलमा आवद्ध भएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ