जलेश्वर । जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा.मिनाक्षी ठाकुरले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएकी छन् ।
डा.ठाकुरले दलान छलफल तथा नागरिकसँग सम्वादसहित रोड शो कार्यक्रमलाई पनि तीव्र बनाउँदै लगेकी छन् । जेन्जी आन्दोलनपश्चात युवा नेतृत्व राजनीतिमा आउनुपर्छ भन्ने मागलाई मध्यनजर गर्दै चिकित्सक पेशाकर्मी डा.ठाकुर जसपा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुन् ।
डा.ठाकुरको दलान छलफल तथा नागरिक सम्वाद कार्यक्रमसहित रोड शो कार्यक्रममा युवा तथा महिलाहरुको उल्लेख्य सहभागिता देखिँदै आएको छ । उनी महोत्तरी ३ का लागि नयाँ अनुहार होइनन्, पहिलादेखि नै नागरिकका बीच परिचित व्यक्तित्व हुन् ।
महोत्तरी ३ मा डा.ठाकुरको उम्मेदवारीबाट खासगरी युवावर्गमा एक किसिमको आकर्षण बढ्दै गएको छ । खासगरी जेन्जी युवाहरु स्वस्फूर्तरुपमा उनको चुनावी अभियानमा सहभागिता जनाउँदै आएका छन् ।
उनी राजनीतिकमा आउनुभन्दा पहिला पनि विभिन्न कार्यक्रमसहित नागरिकका बीचमा सक्रिय रहँदै आएकोले जनप्रतिनिधिको रुपमा संसदमा डा.ठाकुरलाई यहाँका नागरिकले हेर्न चाह्ने प्रतिक्रिया दिइरहेका छन् ।
तपाईको प्रतिक्रिया