काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा रुबीकुमारीलाई उनको दल श्रम संस्कृति, सत्तारुढ दल रास्वपा, प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपाले समर्थन गरेको थियो ।
राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।
नेकपा एमाले तटस्थ बस्दै यो निर्वाचनमा भाग लिएन ।
सदनमा २५६ सांसद उपस्थितमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । यस्तै उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत परेको थियो ।
तपाईको प्रतिक्रिया