आज संसदमा प्रधानमन्त्रीको सम्बोधन, भारत भ्रमणवारे जानकारी दिने

समाचार

4/3/2018

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दैछन् ।

तीन दिनपछि अर्थात चैत २३ गतेबाट हुने भारत भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री ओलील संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् । 

भारत भ्रमण प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण हुनेछ । 

संसदमा प्रधानमन्त्रीको सम्बोधनअघि मन्त्रिपरिषद बैठक बस्दैछ । 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने मुद्दाको सूच तयार गरेको थियो । 

तिनै मुद्दालाई मन्त्रिपरिषदले स्वीकृत गर्ने बताइएको छ । 

भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीले खासगरी तीनवटा विषयमा छलफल गर्ने बताइएको छ । 

जसमा आधुनिक कृषि प्रणाली, निर्माणाधिन जलविद्युत आयोजना पुरा गर्ने र सडकमार्ग र रेलमाग लगायतका विषम पहिलो प्राथमिकतामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसबाहेका आपसी र दुईपक्षीय हितमासमेत कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन अनुसार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीको सम्बोबोधनका लागि संसद सचिवालयले कार्यसूचीमामा राखेको प्रवक्ता डा. भरतराज गौतमले बताए । 

संसद बैठक दिउँसो १ बजे बस्दैछ ।

उता, संसदमा प्रधानमन्त्रीको सम्बोधन र विचाराधीन दुई अध्यादेश स्वीकृतपछि सङ्घीय संसद्को अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको छ ।

संसदमा रहेका प्रतिनिधिसभामा राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने र प्रधानमन्त्रीको सम्बोधनपछि अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी संसद सचिवालयको छ ।

रातोपाटी

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ