काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अाज राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले अाज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका कामको उल्लेख गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।
आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयन भएको उनले बताए ।
तेस्रो चरणको स्थानीय तहको चुनाव तथा प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रुपमा गर्नु आफ्नो उपलब्धि रहेको उनले बताए ।
आफ्नो सरकारले गरेका राम्रा कामको अब बन्ने नयाँ सरकारले निरन्तरता दिनेमा आफू आशावादी रहेको उनले बताए । मन्त्री परिषद बैठकपछि देउवाले सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
तपाईको प्रतिक्रिया