वान टु वान वार्ता सकियो : एमालेले बोलायो स्थायी समिति बैठक

समाचार

2/14/2018

काठमाडौं – पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । 

निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता  भएको थियो । 

यसअघि  मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो । 

बैठक सकिए लगत्तै नेकपा एमाले सोही घरमा पार्टीको स्थायी समितिको बैठक बोलाएको छ ।

आज नै दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ । 

 एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । आज बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ । 
 
सहमति के–के मा ?
पार्टी एकताका लागि सहमति हुँदा पार्टी नेतृत्व, सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीतिका विषयमा पनि सहमति जुटाउनुपर्नेछ ।
सोमबार ओली र प्रचण्डबीच ‘लन्च’सहित भएको ‘वान टू वान’ संवादमा यी चार विषयमा छलफल भएपनि अन्तिम सहमति भने बन्न वाँकी छ ।

यद्यपी, दुवै नेताले ‘वान टू वान’ भेटवार्तामा भएका छलफलका विषय र भएका भनिएका सहमतिवारे मुख खोलेका छैनन् ।

सोमबारको छलफल अनुसार आज दुई नेतावीच पुनः वार्ता भएको हो ।

आजको वार्तामा एकताको ‘खाका’ तयार हुने केही नेताहरुको दावी छ ।

दुई नेताले एकताको खाका तयार गरेपछि पार्टी एकता संयोजन समितिको बैठक राखेर अनुमोदन गर्ने बताइएको छ ।
 
टुंगाउनुपर्ने चार विषय
१. पार्टीको नेतृत्व कसले गर्ने ?
२.प्रधानमन्त्री एउटै व्यक्ति वा आलोपालो गर्ने ?
३. संगठनको स्वरुप कस्तो र कत्रो बनाउने ?
४. पार्टीको नीति के हुने ?

यसअघि एकजना अध्यक्षले पार्टीको नेतृत्व र अर्कोेले सरकारको नेतृत्व गनुपर्ने विकल्प माओवादीले अघि सारेको थियो ।

तर, मओवादीको यो विकल्पमा एमाले अध्यक्ष ओली सहमत नभएपछि केही खटपट समेत 
भएको थियो ।

एमालेका केही नेताले अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीले नै गर्नुपर्ने बताएपछि माओवादीका नेता कार्यकर्ता झस्किएका थिए ।

उनीहरुले अपमानजनक एकता हुन नसक्ने प्रतिकृया नै दिएका थिए ।

सहमति जुट्न सक्ने मोडालिटी
–दुवैलाई वीन वीन हुने गरी सरकारमा आलोपालो प्रणालीअनुसार पहिला एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अढाइ बर्ष सरकार बनाउने ।

–त्यसपछिको अढाइ बर्ष दोस्रो चरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनाउने ।

–सांगठानिक संरचना छरितो बनाउने ।

–पार्टीको नीति जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले मिलाउने र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ