मधेशी जनताका लागि नै स्वतन्त्र मधेश गठबन्धन उब्जेको थियो । अब केही दिनमा हामी जनता माझमा जानेछौं र जनताको चाहना के हो बुझ्छौं र त्यही अनुरूप अगाडि बढ्छौं ।
मधेशी नेतृत्वको असैद्धान्तिक सत्ता साझेदारीले सबै मुद्दाहरूलाई विवादित, कमजोर तथा अवस्तुवादी बनाइदिएको छ ।
म सहि कुरामा झुक्न सिकेको छैन, गल्ति गरेको छु भने बारहबिघामा लगेर झुन्ड्याउनु होला, तर जातपात भन्दा माथि उठ्नुस र सत्यको संघर्षमा मलाई साथ दिनुस भन्ने निवेदन गर्दछु !
विश्वमा पर्यटन व्यवसायको दायरा दिनप्रतिदिन फराकिलो हुँदै गइरहेको छ । मुलुकको आर्थिक विकासको मेरूदण्डको रूपमा स्थापित हुँदै गएको पर्यटन क्षेत्रप्रति चासो र चेतना पनि त्यति बढदै जानु स्वाभाविक नै हो ।
मुस्लिम र हिन्दू समुदायको मानिसहरु सदियौंदेखि आपसी मेलमिलाप गरी बसिरहेका छन् । मधेशका जिल्लाहरुमा संघनरुपमा मुस्लिमहरुको बसोवास छ ।
मधेशी दल असफल भए सीके राउतको राजनीति सफल हुनसक्छ । सरकार एव नेकपाको राजनीति असफल भए विप्लवको राजनीति सफल हुनसक्छ । यो दुवै अवस्थामा नेपालको हित र स्वार्थको रक्षा हुनसक्दैन ।
भनिन्छ, ‘नेपालको कानून दैवले जानून’ । तर, त्यस्तो होइन, मधेशीको हकमा दैवले होइन, शासकवर्गको नियतमा भर पर्छ । शासकवर्गले जहिले पनि मधेशीलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै आएका छन् । मधेशी अनुहार देख्ने बित्तिकै भारतीय जस्तो व्यवहार गरिन्छ । मधेश आन्दोलन पश्चात् मधेश र मधेशीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा स्थापित भइसकेको छ ।
सार्कको विकल्प बिमस्टेक होइन भनेर विज्ञहरूले भन्दै आइरहँदा र सार्क कमजोर भएको स्थितिमा नेपालमा जारी बिमिस्टेक सम्मेलनलाई अझ महत्वका साथ हेरिएको छ । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको अवस्थामा २०१६ मा नै हुनुपर्ने बिमिस्टेको चौथो सम्मेलन दुई वर्ष पछि हुँदै गर्दा यो सम्मेलन केही फलदायी हुने आशा गर्न सकिन्छ ।
सिंचाइका लागि सरकारी नहरको परियोजना वा सुबिधा नगन्य मात्रामा छ । विद्युतीय सिंचाइ प्रणालीका लागि सरकार वा अन्य निकाय काम गर्न सकेको छैन । सिंचाइका अन्य वैकल्पिक माध्यमको बिकासमा सम्बन्धित निकायको नीति कार्यक्रम मौन छ ।
सरकारले सार्वजनिक यातायातअन्तर्गत सामूहिक यात्रुवाहक सेवामा रहेको सिन्डिकेट खारेज गर्दैमा हर्षित भइहाल्नुपर्ने बेला भएको छैन ।
शास्त्रमा भनिएको छ– जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । हामी नेपाली धर्म र संस्कृतिमा विश्वास राख्छौं र त धार्मिक सहिष्णुता कायम छ ।
फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउँदै गरेको सन्दर्भमा रेडियोको दिगो विकासका सवालहरू उठिरहेका छन्।
माघ १५ गते 'नेपाल चेम्बर अफ कमर्स'का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै ओलीले अवैध धनलाई वैध हुन दिनुपर्ने धारणा राखे।