काठमाडौं, ३० फागुन । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. राजकुमार रौनियारलाई पदबाट हटाएको छ ।
काठमाडौं, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौंमा ७७ औँ शान्ति काव्य प्रवाह शान्ति र सद्भावको उद्घोष गर्दै सम्पन्न भएको छ ।
बाँके, ३० फागुन । नेपालगंज उपमहानगरपालिका–१३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद फईम कुरेसी समेत ३ जनालाई
रुपन्देही, ३० फागुन । मायादेबी गाउँपालिीका–५ रम्वापुरस्थित गोयन्का स्टिल उद्योगको कम्पाउण्डभित्र रहेको ३५ हजार लिटर क्षमताको फर्निस आयल केमिकल ट्याङकीमा
अजय मिश्र, कपिलवस्तु, ३० फागुन । कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्म विभिन्न सवारी साधनलाई कारबाही गरी १६ लाख ९२ हजार राजस्व संकलन गरेको छ ।
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काठमाडौं, ३० फागुन । काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
कपिलवस्तु, २९ फागुन । कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं. २ मा इण्डो–नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेन्ट यही चैत १ गतेबाट शुरू हुँदैछ ।
बाँके, २९ फागुन । हजका लागि जाने हाजीहरुको व्यवस्थापनमा कुनै कमी हुन नदिने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले बताएका छन् ।
काठमाडौं, २८ फागुन । आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गर्न भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको बैठक सोमबार काठमाडौैंमा सम्पन्न भएको छ ।
कपिलवस्तु, २८ फागुन । कृष्णनगर नगरपालिकाले सरकारले जारी गरेको नयाँ कार्यविधिअनुसार प्रदेश नं. ५ कै पहिलो डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ ।
रौतहट, २८ फागुन । इन्द्र बक्स गण पूरेनवाको आयोजनामा नो योर आर्मी नेपाली सेनाको इतिहास, बैलपÞmेर, नेपाली सेनामा भर्ना र नेपाली सेनासम्बन्धी विविध गतिविधिको भिडियो प्रदर्शन तथा आई ई डी अवेरनेस सम्वन्धी जनचेतना मूलक कार्यक्रम गौर नगरपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
रुपन्देही, २८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप आइतबार रुपन्देहीको भैरहवामा सुरु भएको ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
सिरहा, २८ फागुन । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ ।
काठमाडौं, २७ फागुन । नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुका लागि तयार पारिएको “राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण” विषयक पाँच दिने विशेष तालिम भारतको फरीदाबाद स्थित नेशनल एकेडेमी अफ कस्टम्स, इन्डाइरेक्ट ट्याक्सेज बलम नारकोटिक्समा सोमबारदेखि सञ्चालन भएको छ ।
काठमाडौं, २७ फागुन । नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ ।
धनगढी, २७ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले धनगढीस्थित श्री नं.५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
काठमाडौं, २७ फागुन । आइतवारका दिन इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवीतर्फ उडेको इटी– ३०२ विमान धावनमार्ग छोडेको केही वेरमै दुर्घटनामा परि नेपाली नागरिक एकता अधिकारी
महोत्तरी, २७ फागुन । जीवनयापनका लागि पालेको गाईवस्तुका लागि जोगाएर राखेको घाँसपात एवं चारा खाइदिएको साढेमाथि हतियार प्रहार गर्दा एकडारा गाउँपालिका ५ बहेडाका ईन्दल महरा चमारलाई थुनामा पठाइएको छ ।
रुपन्देही, २७ फागुन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा, २७ फागुन । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ ।
रुपन्देही, २७ फागुन । देवदह नगरपालिका–९ खैरेनी बस्ने २५ वर्षीय अनिस पुरीको अपरिचित ब्यक्तिहरूले आइतबार साँझ ढुङगा प्रहार गर्दा मृत्यु भएको छ ।
रौतहट, २७ फागुन । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले छोरी प्रदेश २ को आन बान शान र स्वाभिमान भएको बताएका छन् ।
काठमाडौं, २६ फागुन । थापाथलीस्थित द ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ ।