काठमाडौं, २४ माघ । अटो एक्स्पो २०२० मा चिनियाँलाई प्रतिबन्ध गरिएको छ ।
अटो एक्स्पो २०२० भारतको ग्रेटर नोएडामा शुक्रबारदेखि बुधबारसम्म सुरु हुँदै छ । अटो एक्स्पोको आयोजक सोसाइटी अफ इन्डियन अटोमाबाइल म्यानुफ्याक्चर्स (सियाम) ले चिनियाँ नागरिक सहभागी नहुने जानकारी दिएको हो ।
कोरोना भाइरसबाट बिहीबारसम्म ५६५ को मृत्यु र २८ हजारभन्दा धेरै संक्रमित भएका छन् । भारतले चीनका नागरिक तथा चीन हुँदै आउने विदेशीको ई–भीजा खारेज गरिसकेको छ ।सियामका अध्यक्ष राजन बढेराले जारी गरेको विज्ञप्तिमा अटो एक्स्पो २०२० मा चिनियाँ कम्पनीको सहभागिता हुनेछ ।
चिनियाँ कम्पनीको स्टलमा भारतीय प्रतिनिधि राखिनेछ । कोरोना भाइरस फैलिनबाट रोक्न आयोजकले विशेष सावधानी अपनाउनेछन् । अवलोकनका लागि आउने दर्शकका लागि स्यानिटाइजर्सको पनि व्यवस्था गरिएको छ । साथै, संक्रमणप्रति जागरुक गरिनेछ ।
अटो एक्स्पोमा चिनियाँ कम्पनीले करिब २० प्रतिशत स्टल खरिद गरेका छन् ।
तपाईको प्रतिक्रिया