अमेजनका मालिक बेजोसले भारतमा एक खर्बभन्दा बढी लगानी गर्ने

अर्थ/वाणिज्य

1/15/2020

नयाँ दिल्ली (भारत), १ माघ । विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसले भारतमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएका छन् । अमेजनका मालिक जेफ बेजोस्ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरे छन् ।

बेजोस्ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्ब अमेरिकी डलर अर्थात एक खर्ब १३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने बताएका हुन् ।

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै बेजोसले एक्काइसौँ शताब्दी ‘भारतको शताब्दी’ हुने पनि बताए । अमेरिकी खर्बपति बेजोस तीन दिनका लागि भारतमा पुगेका हुन् ।

साना व्यापारीहरूले बेजोसको विरोध गर्ने ठानिएको छ । उनीहरूले अमेजनले केही ठूला विक्रेताहरूलाई मात्रै प्रोत्साहन गरेर र ठूलो छुटमा सामान उपलब्ध गराएर साना व्यापारीहरूलाई असर गरेको आरोप लगाएका छन् ।

बेजोसले अमेजनले सन् २०२५ सम्ममा भारतमा बनेका १० अर्व डलर बराबरका सामान निर्यात गर्ने र ५ दशमलब ५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरिसकेको पनि बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ